arrow

काल बेला परेको छ, राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
rashifal-horoscope-green_1618196829.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ कात्तिक २९ गते मंगलबार, इस्वीसंवत नभेम्वर १५ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार मार्गशीर्षकृष्णपक्षको अष्टमी तिथि रहनेछ ।

नक्षत्रमा तिष्य, विष्कुम्भादि योगमा शुभ, करणमा भद्रा, आनन्दादि योगमा प्रवर्द्ध्र रहनेछ । सूर्य तुला राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । दिनमान २६ घटि ५४ पला अर्थात १० घण्टा ४८ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः२५ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१२ बजे हुनेछ ।

आजको राशिफल :

मेष : समय खराब रहनेछ । अवसरका लागि दौडधूप गर्नुपर्ला । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

वृष : समय अत्यन्तै शुभ छ । व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ।

मिथुन : समय राम्रो छैन । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ ।

कर्कट : समय महत्वपूर्ण छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्।

सिंह : समय ज्यादा खराब छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका अरूले पÞmुत्काउन सक्छन् । बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्नेछ ।

कन्या : आज समय शुभ छ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । धार्मिक यात्रा हुनेछ ।

तुला : समय मध्यम खालको छ । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि भने केही समय लाग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः झुक्नेछन् । यात्रामा सतर्क हुनुहोला ।

वृश्चिक : आज समय भरपर्दो छैन । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । झुटा आरोप लगाउनेहरू सक्रिय हुनेछन् ।

धनु : समय राम्रै रहने छैन । शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै बोलीमा पनि विकार रहन सक्नेछ । पेट सम्बन्धी समस्या आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जना हुने योग रहेको छ ।

मकर : आज पनि स्वास्थ्य राम्रो रहनेछ । सामाजिक कार्यमा मन जानेछ, गृह सुखका साथै कला साहित्यमा अभिरुचि रहने देखिन्छ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ ।

कुम्भ : दिन तथा समय राम्रा छन् । दिन प्रेमिल रहनेछ, आय बढ्नुका साथै मित्र लाभका योग पनि देखिन्छन् । ईमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैतृक सम्पतिको प्रयोग मार्फत मनग्य आम्दानी गर्न सकिनेछ ।

मीन : समय खराब नै रहनेछन् । व्ययभार बढ्नेछ, आफन्तमा असमझदारी रहनुका साथै प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ । आफन्त, साथीभाई तथा कुटुम्बसंग मनमुटाव बढ्नेछ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला ।

साइत : सूर्य तुला, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः१९ बजेदेखि      ०७ः४१ बजेसम्म    रोग बेला
बिहान ०७ः४१ बजेदेखि      ०९ः०३ बजेसम्म     उद्वेग बेला
बिहान ०९ः०३ बजेदेखि      १०ः२५ बजेसम्म     चर बेला
बिहान १०ः२५ बजेदेखि       ११ः४७ बजेसम्म    लाभ बेला
बिहानमा ११ः४७ बजेदेखि       १ः०९ बजेसम्म     अमृत बेला
दिनमा १ः०९ बजेदेखि        २ः३१ बजेसम्म      काल बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५३ बजेसम्म     शुभ बेला
साँझ ३ः५३ बजेदेखि        ५ः१५ बजेसम्म     रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ