arrow

सिन्धुपाल्चोक १ मा सुबोध निकै अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
madhav-sapkota-subodh.jpg

सिन्धुपाल्चोक । देशै भर युवा  र नयाँ अनुहारको पक्षमा बहस भइरहँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उमेरले ४० वर्षका युवा उम्मेदवार माधव सापकोटा सुबोध घर दैलोमा पुगेर मतदाताको माया बटुलिरहेका छन् ।

दुई दशक यता जिल्लामा निरन्तर राजनीति र समाजसेवामा सक्रिय सुबोधलाई उम्मेदवारका रुपमा पाउँदा सिन्धु १ का नागरिकले घर आँगनमा भव्य स्वागत गरेर विजयको शुभकामना दिए । 

जितेर गएपछि आफूहरुलाई नबिर्सन आग्रह गरे । निर्वाचन क्षेत्रका गाउँ बस्तीहरुमा घरदैलो, मतदाता भेटघाट र कोणसभाहरुमा मतदाताको कुरा सुन्ने उनको बानी मन पराएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार सुबोधले निर्वाचनमा केही मौलिक प्रयोग पनि गरेका  छन् । 

जय नेपाल र अभिवादनको संयुक्त सम्बोधन, विपक्षी दल र उम्मेदवारलाई गालि नगर्ने, आफ्ना प्रतिवद्धता राख्नु अघि आम नागरिकको कुरा सुन्ने, संघीय सांसदको भूमिकाबारे स्पष्ट गर्दै गर्न सकिने कामको चर्चा गर्ने,  स्पष्ट, सरल, छोटो र सिलसिलेवार भाषण गर्ने सुबोध कुशलताले सबैलाई आकर्षित गरेको छ ।    

जनयुद्धकालीन राजनीतिक पृष्भूमिबाट हुर्किएका, पार्टीको पोलिटव्युरो सदस्य सुबोध हेडक्वाटरसँग सिधा सम्पर्क भएका युवा नेता हुन् । निर्वाचन क्षेत्र पलाँतीमा नेता मोहन बस्नेतको घरमा बास बसेपछि सञ्चारकर्मीहरुसँगको भेटमा उनले नेता कार्यकर्तालाई व्यवस्थित परिचालन र  गठबन्धनलाई अझ कसिलो बनाउन लागिपरेको बताए । 

एक चरणको घरदैलो तथा मतदाता भेटघाट अन्तिम चरणमा पुग्दा आम नागरिकको मायाले आफू थप उत्सासिहत भएको उनको भनाइ छ । पहिलोपटक उम्मेद्वारी दिएर चुनावमा होमिएका सुबोधसँग १५ वर्ष यता जिल्लाको निर्वाचन परिचालन र व्यवस्थापनको अनुभव छ।

सभामुख अग्निप्रसाद सापकोटाको २०६४, २०७० र २०७४ को चुनावमा परिचालन र व्यवस्थापनको जिम्मेवारी सम्हालेका सुबोध जिल्लामा सबै उमेर समूह, खासगरी युवामाझ लोकप्रिय छन् । यिनै युवाका लागि सापकोटाले यसपालि उम्मेदवारी नै दिएनन् । अग्नि उदाहरणीय नेता बने ।

नेता मोहन बस्नेतको अविभावकत्वमा समग्र सिन्धुपाल्चोकको विकास र समृद्धिको काम गर्ने उनको वचनवद्धता र चुनावी अभियानका क्रममा देखिएको उनको शालिनताले सुबोधप्रति मतदाता आकर्षित छन् । 

पाँच वर्ष पाँच मिनेट पनि विश्राम नगरी साझा प्रतिनिधिका रुपमा सेवक भएर काम गर्ने उनको संकल्पले सबै उमेर समूहका मतदाता हर्षित छन् । 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा प्रतिस्पर्धी उम्मेदवार भन्दा गठबन्धका साझा उम्मेदवार दोब्बर मतान्तरले अघि छन् । सिन्धुपाल्चोकमा लोकतान्त्रिक वाम गठबन्धन उदाहरणीय र कसिलो देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ