arrow

दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुमतको सरकार आवश्यक : भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
Bidhya bhattrai.jpg

पोखरा । नेकपा एमालेकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले मुलुकमा दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएकी छन् ।

मंगलबार पोखर-१६ मा भएको घरदैलो कार्यक्रममा उनले मुलुकको राष्ट्रियता, स्वाभिमान र समग्र विकासका लागि एउटै दलको बहुमतको सरकारको खाँचो औंल्याईन् ।

उनले सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण एवम् कृषि बजारीकरणमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाइन् ।

नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन बहुमतको सरकार आवश्यक रहेको बताउँदै उम्मेद्वार भट्टराईले गठबन्धनको सरकारले मुलुकलाई अस्थिर बनाउने दाबी गरिन् ।

जनतालाई रुवाएर होईन विकासले खुशीयाली ल्याउनु पर्ने आवश्यकता औंल्याउँदै सबैको सहभागिता र समन्वयका आधारमा सडक पूर्वाधार निर्माणमा प्राथमिकता दिने उनले स्पष्ट पारिन् । 

निर्वाचन क्षेत्र नं. २ (ख) की उम्मेदवार मिना गुरुङले पोखरामा नयाँ थपिएका वडाका वासिन्दाले महानगरबासीको अनुभूति हुने गरी विकास निर्माण जुटने प्रतिवद्धता जनाइन् ।

नेकपा एमाले पोखरा-१६ का अध्यक्ष राजेश गुरुङका अनुसार मंगलबार घार्मी, कुरेचौर, हर्पाक, काउरे, अम्मरेस्वारा, हरिपाउ, गर्लुङ, अर्मला र बाटुलेचौरका विभिन्न स्थानमा घरदैलो एवम् कोणसभा सम्पन्न भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ