arrow

शून्य कोभिड नीतिविरुद्ध चीनको ग्वान्झाउमा हिंसात्मक प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
china-protest-covid.jpg

ग्वान्झाउ । दक्षिणी चीनको औद्योगिक महानगर ग्वान्झाउमा कोभिड- १९ को संक्रमण रोक्नका लागि प्रतिबन्धहरुविरुद्ध विशाल प्रदर्शन भएको छ । प्रदर्शनमा स्थानीय बासिन्दाहरुले प्रहरीको गाडी उचालेर फालेका छन् भने कोभिड-१९ नियन्त्रण गर्ने सामग्री फालेका छन् ।

हिंसात्मक प्रदर्शनपछि सो क्षेत्रमा दंगा टोली परिचालन गरिएको छ । महामारी शुरु भएदेखि ग्वान्झाउमा सबैभन्दा खराब कोभिड-१९ को प्रकोप फैलिएका बेला यस्तो प्रदर्शन भएको हो ।

खराब आर्थिक तथ्याङ्कको बीचमा चीनको शून्य कोभिड नीति ठूलो तनावमा छ। कोभिड -१९ को महामारी रोक्न यो शहरमा कडा प्रतिबन्धको डरका कारण बासिन्दाहरुले प्रदर्शन गरेको भनिएको छ ।

यद्यपि यहाँ चीनको करिब एक तिहाइ ५ हजार भन्दा बढी कोभिड-१९ का सक्रिय संक्रमित रहेका छन् । धेरैलाई परीक्षण र कडा लकडाउनको चिन्तामा बासिन्दाहरुले प्रदर्शन गरेको भनिएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ