- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डमा दुई जनाको ज्यान लिने गरी प्रहार भएको मिसाइल रुसबाट हानिएको हुनसक्ने सम्भावना कम भएको बताएका छन् ।
पोल्याण्डमा भएको घटना रुसबाट प्रहार गरिएको क्षेप्यास्त्रका कारण भएको हो वा होइन भन्ने कुरामा 'प्रारम्भिक जानकारी' मिलेको उनले बताएका छन् ।
'म यो भन्न चाहन्न जबसम्म हामी पूर्ण रूपमा अनुसन्धान गर्दैनौं, तर यो सम्भव छैन कि यो रुसबाट प्रहार गरिएको थियो, तर हामी खोज्नेछौं,' बाइडेनले भनेका छन् ।
पोल्याण्डमा मिसाइल प्रहार के कसरी भएको हो भन्ने अनुसन्धानपछि दोस्रो कदम चालिने बाइडेनले बताएका छन् ।
पोल्यान्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले मिसाइल कसले हान्यो भन्ने कुनै 'निर्णायक प्रमाण' नभएको बताएका छन् । बालीमा जी२० शिखर सम्मेलनको साइड लाइनमै विश्वभरका नेताहरु पोल्याण्डमा भएको मिसाइल प्रहारबारे छलफलका लागि भेला भएका छन् ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पोल्याण्डमा मिसाइल विष्फोटबाट 'धेरै चिन्तित' भएको भन्दै यसको विस्तृत अनुसन्धान हुने आशा व्यक्त गरेका छन् ।
पोल्याण्डमा रुसले मिसाइल हान्यो, विश्वभरका नेता आपत्कालीन बैठकमा |
रुसले मङ्गलबार युक्रेन विरुद्ध आफ्नो सबैभन्दा ठूलो ब्यारेज मिसाइल प्रक्षेपण गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी आक्रमणले उसले युद्ध रोक्न नचाहेको स्पष्ट देखाएको बताएका छन् ।