arrow

प्रदीपलाई मतदान गर्न गगनको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
gagan-pradip.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगनकुमार थापाले काठमाडौं–५ का उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई मतदात गर्न आग्रह गरेका छन् । 

उनले बुधबार अपरान्ह भिडिओ सन्देशमार्फत् काठमाडौं–५ का मतदातासँग कांग्रेस उम्मेदवार पौडेललाई मतदान गर्न आग्रह गरेका हुन् । उम्मेदवार पौडेलले सामाजिक सञ्जाल फेसबुकमा महामन्त्री थापाको भिडिओ सन्देश सार्वजनिक गरेका छन् । 

सन्देशमा थापाले पौडेललाई २०४६ सालको जनआन्दोलनका क्रममा भेटेदेखि आजका दिनसम्म बाक्लो सम्बन्ध रहेको जिकिर गर्दै ३० वर्षदेखि आफूहरुका बीचमा सहकार्य हुँदै आएको बताएका छन् । 

‘तपाईंले प्रदीप पौडेललाई यो क्षेत्रबाट निर्वाचित गराउँदै गर्दा मैले गलत व्यक्तिलाई निर्वाचित गराएछु भनेर एक जना मतदाता एक दिन एक क्षण पनि पश्चाताप मान्नु पर्दैन,’ महामन्त्री थापाले काठमाडौं–५ का मतदातालाई भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ