arrow

काठमाडौं ५ मा एमालेलाई धक्का, ५० बढी नेता कार्यकर्ता कांग्रेसमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
pradip-poudel-2079-07-30.jpg

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टी प्रवेशले तिव्रता पाएको छ । मंसिर ४ को निर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा काठमाडौं क्षेत्र नं ५ मा एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  

बुधबार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । सो क्रममा गत स्थानीय निर्वाचनमा टोखा नगरपालिका वडा नं २ बाट एमालेका नेता धामेश खत्रीसमेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

बुधबार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश ख का उम्मेदवार श्याम बहादुर खड्काले उनीहरुलाई स्वागत गरेका हुन् । 

निर्वाचनका बेला नयाँ पार्टीमा आई नयाँ पुस्ताका उम्मेदवारलाई मत हाल्न पाउँदा खुशी लागेको उनीहरुले बताएका छन् । त्यसैगरी नेता पौडेलले कांग्रेसमा आएका उनीहरुलाई स्वागत गर्दै आगामी दिनमा सबैको मन जितेर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ