arrow

फुटबलले वर्तमान विश्वलाई एकताबद्ध गर्ने जियानीको विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
gianni_infantino.jpg.jpeg

बाली । फुटबलको फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फुटबल एउटा खेलभन्दा पनि धेरै ठूलो कुरा भएको र यसले मानिसहरूलाई एक ठाउँमा ल्याउने ‘अद्वितीय जादुयी’ शक्ति भएको बताएका छन् । 

कतारमा हुने सन् २०२२ को फिफा विश्वकपको पूर्वसन्ध्यामा सिन्ह्वालाई दिएको विशेष अन्तर्वार्तामा इन्फान्टिनोले फुटबलले विश्वलाई एकताको सन्देश दिने बताएका हुन् ।

इन्डोनेसियाको बालीमा जारी जी-ट्वन्टी शिखर सम्मेलनमा भाग लिने क्रममा इन्फान्टिनोले विश्वका नेताहरूलाई तनाव र द्वन्द्वलाई त्यागेर कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने चतुष्कोणीय फुटबल प्रतियोगिताको आनन्द लिन आह्वान गरेका छन् । 

उनले भने, “विश्वकप खुशी र एकताको अवसर हुनुपर्छ । यसले आशाको सन्देश दिनुपर्छ ।” 

फिफा प्रमुख इन्फान्टिनोले थपे, “फुटबल पनि एक महत्वपूर्ण आर्थिक गतिविधि हो । यसकोे विश्वव्यापी कूल आम्दानी सयौं अर्ब अमेरिकी डलर छ । यसले लाखौं रोजगारी सिर्जना गर्दछ र आर्थिक वृद्धिलाई बढावा दिन्छ ।” “यो वृद्धि, आर्थिक वृद्धिको कुरा हो,” उनले थपे ।

इन्फान्टिनोले कतारमा हुने फिफा विश्वकपमा विश्वको जनसङ्ख्याको आधाभन्दा बढी अर्थात् पाँच अर्ब मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको बताए । 

सन् २०३१ मा फिफा महिला विश्वकप आयोजनाका लागि चीनको योजना रहेको उल्लेख गर्दै इन्फान्टिनोले फुटबल क्लब र युवा फुटबलमा चीनको संलग्नतासँगै यो कदमले फुटबल विकासमा क्षेत्रीय असन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्ने र खेलको समग्र विकासका लागि महत्वपूर्ण रहेको उनको धारणा थियो । 

इन्फान्टिनोले भने, “फुटबलले मानिसको भावनालाई छुन्छ । यसले आवेगसँगै र समावेशीकरणलाई महत्व दिन्छ ।” 

उनले भने, “जब तपाईं केटी वा केटालाई बल दिनुहुन्छ, वा अलि ठूलो उमेरको व्यक्तिलाई पनि बल दिनुहुन्छ, उनीहरू यसबाट खुसी हुन्छन्, मुस्कुराउन थाल्छन् । यसमा शत्रुतालाई एकतामा परिणत गर्ने गुह्य लुकेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ