arrow

एमाले र जसपाबीच तालमेल भएकै क्षेत्रमा कपट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
oli-upendra-yadav.png
तस्बिर – फाइल ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को प्रभाव भएको क्षेत्रमै जसपा र नेकपा (एमाले) बीच प्रतिस्पर्धा भएको छ । तराई मधेस जसपाको पकड भएको ठाउँ हो । तर मधेसका कतिपय सिटमा जसपा र एमालेबीच सोझो प्रतिष्पर्धा भइरहेको छ ।  

एमाले र जसपाले चुनावी तालमेल गरेको सिटमासमेत एमालेले स्वतन्त्र उम्मेदवारी दिएको छ ।  एमालेका कार्यकर्ताहरु खुला रुपमा स्वतन्त्र उम्मेदवारकोलागि भोट मागिरहेका छन् । केही सिटमा सहमति विपरित एमालेले आधिकारिक उम्मेदवार नै उठाएको छ ।

इस्तियाक राईलाई हराउन एमालेका कार्यकर्ताहरु सक्रिय 
बाँके २ मा एमाले र जसपाबीच सोझो टक्कर  हुँदैछ । त्यस क्षेत्रमा जसपाबाट उम्मेदवारी दिएका इस्तियाक राईलाई हराउन एमालेका कार्यकर्ताहरु राष्ट्रय प्रजातन्त्र पार्टीका उम्मेदवार धवलशमशेर राणालाई सक्रिय सहयोग गरिरहेका छन् । एमालेका कारण राईले हार्ने सम्भावना धेरै नै बढेको छ । 

बाँके २ मा नेपाली कांग्रेसबाट उम्मेदवार सुदिपनरसिंह राणाले उम्मेदवारी दिएका छन् । त्यहाँ राणाले चुनाव जित्ने सम्भावना बढेको छ । कडा प्रतिष्पर्धा धवल र सुदिपबीचमै छ । 

बारामा पनि एमाले र जसपाबीच टक्कर  
जसपाका नेताका अनुसार बारा ३ मा पनि एमालेले जसपालाई धोका दिएको छ । बारा ३ मा एमालको नेता अध्यानन्द पाण्डेले उम्मेदवारी दिएका छन । 

त्यस क्षेत्रमा जसपाबाट रामबाबु यादवलाई उम्मेदवार बनाएको छ । रामबाबु अध्यक्ष उपेन्द्र यादवसँग निकट मानिन्छन् । 

एमालेकै कारण त्यस क्षेत्रमा रामबाबुले हार्ने अवस्था बारा ३ मा नेपाली कांग्रेसबाट फरमुल्र्लाह मन्सुरले उम्मेदवारी दिएका छन् । 

मन्सुर विजयी हुने सम्भवना बढेको छ ।

धनुषामा जसपा र एमालेबीच प्रतिष्पर्धा 
धनुषा २ मा एमालेले उमाशंकर अरगरैयालाई उम्मेदवार बनाएको छ । अन्तिम समयमा अरगरैयाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई धोका दिइ एमालेतिर लागेका थिए । 

२०७४को निर्वाचनमा अरगरैयाले यादवकै पार्टीबाट चुनाव जितेका थिए । जसपाले धनुषा २ मा गंगाराम यादवलाई उम्मेदवार बनाएको छ । 

धनुषा २ मा पनि एमालेबाट धोका पाएको जसपाका नेताहरुको बुझाई छ । त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट रामकृष्ण यादवले उम्मेदवारी दिएका छन् । त्यहाँ रामकृष्णले चुनाव जित्ने सम्भावना ह्वात्तै बढेको छ । 

मोरङमा जसपा र एमालेबीच टक्कर 
मोरङमा जसपा र एमालेबीच सोझो टक्कर परेको छ । एमाले र जसपाबीच भएको सहमतिमा मोरङ ५ मा एमालेले जसपालाई छाड्ने प्रतिबद्धता गरेको थियो । 

जस अनुसार मोरङ ५मा जसपाले राजकुमार यादवलाई उम्मेदवार बनायो तर त्यही क्षेत्रमा एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिए । 

मोरङ एमालेका नेताहरु अहिले मण्डलको पक्षमा खुलेर प्रचार प्रचार सुरु गरेका छन् । एमालेको नेतृत्व भने मौन छ । 
मोरङ ६ (ख) मा एमालेका नेता पर्शुराम बस्नेतले आधिकारिक उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा जसपाले उम्मेदवारी दिने सहमति भएको थियो ।  तर, सहमति लागू भएन । 

तालमेल गरेकै सिटमा ‘मित्रवत प्रतिष्पर्धा’
चुनावी तालमेल गरेकै सिटमा एमाले र जसपाले मित्रवत प्रतिष्पर्धा भन्दै उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ धनुषा २ (क), धनुषा ४ (ख), बारा ३ (क), बारा ३ (ख), एमाले र जसपा दुवैै पार्टीले उम्मेदवारी दिएका छन् । 

ती क्षेत्रमा जसपाबाट क्रमश ज्ञानेन्द्र यादव, चन्द्रश्वर महतो, भरत खड्का, र पारश प्रसाद साहले उम्मेदवारी दिएका छन् । यी क्षेत्रमा एमाले र जसपाका कार्यकर्तावीचको सम्बन्ध निकै नै बिग्रिएको छ । एकले अर्कोलाई हराउन सक्रिय भइ लागेका छन् । 

अशोक राईलाई पनि एमालेबाटै धोका 
जसपाका दोश्रो नेता अशोक राइलाई पनि एमालेबाटै धोका भएको छ । राईले सुनसरी १ मा उम्मेदवारी दिएका छन् । त्यसै क्षेत्रमा एमालेका नेता मनोज म्याङन्मोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

म्याङन्मो धरानका पूर्व मेयर पनि हुन् । त्यसैले धरानमा उनको प्रभाव छ । एमालेका स्थानीय नेताहरु म्याङन्मोको पक्षमा खुलेर प्रचार गरेका छन् । 

केन्द्रीय नेतृत्वको रणनीति पनि यही हो । यसबाट राइको जित्ने सम्भावना घटेको छ । 

सुनसरी १ मा नेपाली कांग्रेसबाट सिताराम महताले उम्मेदवारी दिएका छन् ।

पछिल्लो समय महताको पक्षमा माहोल बढ्दै गएको छ । राइ भने कमजोर देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ