arrow

कांग्रेस उम्मेदवारको पक्षमा खुले लोकप्रिय कलाकार केकी र प्रदीप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
Keki.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत शुक्रवारबाट मौन अवधि सुरु हुँदैछ । मतदान गर्ने दिन सङ्घारमा आउँदै गर्दा दल एवम् उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन्। यसबीच कलाकारहरूले पनि आफूलाई मन पर्ने उम्मेदवारलाई भोग माग्न थालेका छन्।

अभिनेत्री केकी अधिकारी काठमाडौँ-४ का काँग्रेस उम्मेदवार गगन थापाको समर्थनमा उभिएकी छिन्। केकीले भोट मागेको भिडियो सार्वजनिक गर्दै गगनले फेसबुकमार्फत धन्यावादसमेत दिएका छन्। नेपाली कला, साहित्य, सङ्गीत र चलचित्रप्रति गगन थापाको अभिरुचि आफूले पाएको केकीको दाबी छ ।

गगनले संसद्मा राष्ट्रिय चासोका विषयमा खबरदारी गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछिन् केकी । 

त्यसै गरी, हिजो मात्रै अभिनेता प्रदीप खड्का पनि नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीको पक्षमा खुलेका थिए। मङ्गलवार बर्दघाटमा भएको सत्तारुढ गठबन्धनको चुनावी सभामा उनले नवलपरासी-१ का उम्मेदवार काँग्रेस नेता तथा उद्यमी विनोद चौधरीलाई भोट मागेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ