arrow

राष्ट्रसंघका महासचिवले भने- काला सागरको अनाज सम्झौता लम्बियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
black sea.JPG

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिवले ब्ल्याक सी (काला सागर) बन्दरगाहबाट युक्रेनको कृषि निर्यातलाई सहज बनाउने सम्झौता लम्ब्याउनले कदमको स्वागत गरेका छन् ।

'म युक्रेनबाट अनाज, खाद्यान्न र मलको निर्यातको सुरक्षित नेभिगेसनलाई सहज बनाउन ब्ल्याक सी अनाज पहल जारी राख्न सबै पक्षहरूको सहमतिलाई स्वागत गर्दछु,' संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले एक विज्ञप्तिमा भनेका छन् ।

गुटेरेसले भने कि संयुक्त राष्ट्र 'रूसी संघबाट खाद्यान्न र मल निर्यात गर्न बाँकी अवरोधहरू हटाउन पनि पूर्ण रूपमा प्रतिबद्ध छू,' सम्झौताको एक भाग मास्कोले महत्वपूर्ण रूपमा हेर्छ ।

तर, काला सागरमा पाइपलाइन मार्फत रूसी अमोनियाको निर्यात ब्ल्याक सी अन्न सम्झौताको नवीकरणको भागको रूपमा अझै सहमत भएको नभएको यस मामिलामा जानकार एक स्रोतले रोयटर्सलाई बताएको छ ।

'रूसी अमोनिया निर्यातको मुद्दामा वार्ता जारी छ,' स्रोतले स्थितिको संवेदनशीलताका कारण नाम नछाप्ने सर्तमा रोयटर्सलाई भनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ