arrow

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न बुद्धिजीवी पेशागत संघ संगठनको अपील 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
election-2079-final1.jpg

काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न विभिन्न बुद्धिजीवी पेशागत सङ्घ तथा सङ्गठनले अपील गरेका छन् । 

यहाँ आज पत्रकार सम्मेलन गरेर ११ पेसागत सङ्गठनले लोकतन्त्र, गणतन्त्र तथा संविधानको रक्षा र सुदृढीकरणका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन संयुक्त अपिल गरेका हुन् । निर्वाचनमा दलहरुले उठाएका उम्मेदवारमध्ये सक्षम र योग्य उम्मेदवारलाई छनोट गर्न सकेमा मात्र मुलुकमा राजनीनिक स्थिरता, सुशासन र समृद्धि हासिल हुनसक्ने सङ्गठनहरुको भनाइ छ । 

विभिन्न ११ पेसागत सङ्गठनले विज्ञप्तिमार्फत निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सक्रिय रुपमा लागिपर्न पेसाकर्मीलाई आग्रह गरिएको छ । 

एकीकृत ट्रेड युनियन महासङ्घ, समाजवादी इञ्जिनीयरिङ एशोसिएशन नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, प्रेस सेन्टर नेपाल, पेसागत महासङ्घ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ, समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठन, प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घलगायतले बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न संयुक्त अपील गरेका हुन् ।

पछिल्लो समयमा संविधानमा गम्भीर चुनौती खडा भइरहेका बेला मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न सबै पेसाकर्मीलाई पेसागत महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालले आग्रह गरे । मुलुकभरका पेसाकर्मी, बुद्धिजीवीको सहभागिता भएकै भरमा देशमा पटक–पटक भएका विभिन्न आन्दोलनले सफलता प्राप्त गरेको उनको भनाइ थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ