arrow

सक्षम उम्मेदवारलाई जिताउन मतदातालाई अर्जुननरसिंह केसीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
arjun-narasingh-kc-2079-08-01.jpg

नुवाकोट । नेपाली कांग्रेसका नेता एवं नुवाकोट क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार अर्जुननरसिंह केसीले मंसिर ४ को चुनावमा हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न सक्ने सक्षम उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । उनले चिर्वाचनमा लड्ने उम्मेदवारहरूले म सक्षम छु मेरो एजेण्डा राम्रो छ भन्नु स्वभाविक भए पनि जसले हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न सक्छ त्यसैलाई जनताले मतदानमार्फत आफ्नो प्रतिनिधि रोज्नु पर्ने बताएका हुन् ।

कुनै पनि उम्मेदवारले व्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने भन्दै केसीले ​जनतासामु आफू र गठबन्धनले स्पष्ट योजना र मन जितेर अगाडि बढेको बताए ।

मंसिर ४ गते जनताले आफ्नो प्रतिनिधि चुन्दा सिंहदरबार डराउने प्रतिनिधि छानेर पठाउन आग्रह गर्दै केसीले सिंहदरबारमै हराउने प्रतिनिधि पठाउन नहुने र राष्टि«य रुपमा आएका अनमितता र भष्टाचारविरुद्ध आफू निरन्तर सडक र ससदमा लड्दै आएकोसमेत बताए । 

उनले जिल्लाबासीको हरेक सुखदुःखमा आफू सदैव साथमा रहने बताएका छन् । नेपाली जनताले पहिलोचोटी प्राप्त गरेको सार्वभौमसत्ता, संविधान रक्षाको निम्ति पाँच पार्टीबीच गठबन्धन भएको नेता केसीले बताए ।

 ‘कुनै व्यक्तिगत रुपले के फाइदा हुने भनेर गठबन्धन गरिएको होइन,’ नेता केसीले भने, ‘संविधान ध्वस्त बनाउनेविरुद्ध गठबन्धन हो ।’ 

सडक, बाटो जस्ता विकास निर्माण, स्वास्थ्य, खानेपानी, सिँचाईका लागि निरन्तर लडिरहने र आफूले र गठबन्धनका नेताहरुले अधि बढाएका विकासका योजनालाई पूरा गर्ने पनि उनले बताए।

तामाङ बस्तीको बाहुल्यता रहेको नुवाकोटमा आफ्नो क्षेत्रमा तामाङ जातिको भेषभुषा र संस्कृति जोगाउन तामाङ संग्रहालय निर्माण गर्ने, उतरगया, देवीघाटलगायत महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास, जलविद्युत र बेलकोट र बिदुर नगरपालिकाभित्र उघोग ग्राम बनाउने बताउँदै नेता केसीले भने, ‘हातखुट्टा चलुन्जेल यो क्षेत्रको विकासमा लागिरहन्छु ।’

उनले कृषि कलेज विकास, चियाखेती विस्तार गर्ने र जडिबुटी खेतीको विकास गर्न लागिपर्ने पनि बताए ।

कार्यक्रममा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, प्रदेश उम्मेदवारहरु बहादुर सिंह लामा, रामप्रसाद ढुङ्गाना तथा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्धय बिमला सुवेदी र हितबहादुर तामाङसँगै कांग्रेस पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसी लगायतले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ