arrow

कतार विश्वकपअघिको मैत्रिपूर्ण खेलमा स्पेनको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
football-soain-202211-17.jpg

काठमाडौं । आइतबारदेखि शुरु हुने कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । बिहीबार राति युवा खेलाडीलाई प्राथमिकतामा राखेको लुइस इन्रिकेको स्पेनले सहज जित निकालेको छ । 

स्पेनको जितमा अन्सु फाती, गावी र निको विलिअम्सले एक एक गोल गरेका थिए । जोर्डनका लागि इन्जुरी समयमा हाम्जा अल डाराडौरले एक गोल फर्काएका थिए । 

खेलको १३औं मिनेटमा फातीले अग्रता दिलाए । ५६औं मिनेटमा गावीले दोस्रो गोल गरेका थिए । निकोले खेलको ८४औं मिनेटमा गोल गर्दा स्पेन सहज जित निकाल्न सफल भयो । 

समूह ई मा स्पेनसहित कोस्टारिका, जर्मनी र जापान रहेका छन् । स्पेनले २२ नोभेम्बरमा कोस्टारिकासँग खेल्दै विश्वकप शुरु गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ