arrow

९२ वर्षे इतिहास बोकेको विश्वकप फुटबलकाे २२ औं संस्करण आइतबारदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
fifa-world-cup-2022-qatar-football.jpg

काठमाडौं । ९२ वर्षअघि सन् १९३० देखि शुरु भएको विश्वकप फुटबलको यस वर्ष कतारमा २२ औं संस्करण हुँदैछ । फेडेरेशन इन्टरनेसनल डे फुटबल संघ (फिफा) ले सन् १९३० मा पहिलो पटक आयोजना गरेको विश्वकपको पहिलो उपाधि उरुग्वेले जितेको थियो ।

यस वर्ष आठ समुहमा प्रत्येक समुहमा चार/चार गरी ३२ टिमले विश्वकप खेल्दै छन् । यसअघि २०१८ को विश्वकपमा क्रोएसियालाई हराउँदै फ्रान्सले उपाधि जितेको थियो । पाँच पटक उपाधि जितेको ब्रजिल विश्वकप इतिहासमा सबैभन्दा सफल टोली हो ।

दोस्रो नम्बरमा जर्मनी  र इटालीले चार/चार पटक विश्वकप फुटबलको उपाधि जितेका छन् । तेस्रोमा अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक विश्वकप फुटबलको उपाधि जितेका छन् । यस्तै स्पेन र इङ्ल्याण्डले एक/एक पटक विश्कप फुटबलको उपाधि जितेका छन् ।

अहिलेसम्मका २१ फुटबल विश्वकपका संस्करणहरु  भए । सन् १९३० मा आयोजक उरुग्वेले जितेको थियो भने सन् १९३४ र १९३८ मा लगातार इटाली, १९५० मा उरुग्वे, १९५४ मा तत्कालीन पश्चिम जर्मनी, १९५८ र १९६२ मा ब्रजिल, १९६६ मा इङ्ल्याण्ड, १९७० मा ब्रजिल, १९७४ मा पश्चिम जर्मनी, १९७८ मा अर्जेन्टिना, १९८२ मा इटली, १९८४ मा अर्जेन्टिना, १९९० मा पश्चिम जर्मनी, १९९४ मा ब्रजिल, १९९८ मा फ्रान्स, २००२ मा ब्रजिल, २००६ मा इटली, २०१० मा स्पेन तथा २०१४ मा जर्मनी र २०१८ मा फ्रान्सले विश्वकपको उपाधि चुमेको थियो ।

यस वर्ष सन् २०२२ मा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप फुटबल आयोजना हुँदैछ । यो विश्वकप फुटबलको २२ औं संस्करण हो ।

दोस्रो विश्वयुद्धका कारण १२ वर्षसम्म रोकिएको विश्वकप फुटबल प्रत्येक चार/चार वर्षमा हुने गर्छ ।

नोभेम्बर २० मा आइतबार मंसिर ४ गतेको उद्घाटनमा कतार र इक्वेडरबीचको खेल हुँदैछ ।

विश्वकपको विजेता निर्धारण गर्न यसपटक कुल ६४ खेल खेलिने छन् ।

भ्रष्टाचार र घुसखोरीको आरोपका साथै आप्रवासी कामदारहरूप्रतिको शोषणपूर्ण व्यवहार र महिला एवं तेस्रो समुदायका व्यक्तिहरुको अधिकारको विषयलाई लिएर २०२२ को विश्व कपको आयोजकको रूपमा कतारको छनोटको विषय विवादित पनि बनेको छ ।

यसअघि अरब प्रायद्वीपमा कहिल्यै पनि विश्वकप आयोजना भएको थिएन ।

खेल कसरी हुन्छन्?

शुरुमा ८ समूहमा ३२ टोलीहरूले आफ्नो आफ्नो समूहभित्र खेल्नेछन् । प्रतियोगिताको समूह चरणमा प्रत्येक टोलीले आफ्नो समूहका अन्य सबै टोलीसँग एक पटक खेल्नेछन् ।

त्यसपछि प्रत्येक समूहका शीर्ष दुईमा रहने टिम राउन्ड अफ १६ मा पुग्छन् र त्यसपछि विश्वकपमा सोझै नकआउट प्रतियोगिता चल्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ