arrow

भोजपुरमा २३ सय बढी सुरक्षाकर्मी परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
District-09-Bhojpuri-hamrakura.jpg.jpeg

भोजपुर । आसन्न मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा दुई हजार तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।  

जिल्लामा ८७  मतदानस्थल र दुई अस्थायीसहित एक सय ५७ वटा मतदान केन्द्र कायम गरिएका छन् । ती सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । 

जिल्लामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा निकायले जनाएका छन् । जिल्लामा आठ सय ६० जना म्यादी प्रहरी, पाँच सय ३०  नेपाल प्रहरी, दुई सय १५सशस्त्र प्रहरी र करिब सात सय बराबर नेपाली सेना परिचालन गरिएको जनाइएको छ । 

जिल्लामा ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्सको’समेत व्यवस्था गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउने आवश्यक सुरक्षा प्रबन्ध मिलाइ सकिएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले बताए । उनले सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितको टोली पुगिसकेको बताए । 

निर्वाचनका लागि जिल्लामा एक सय ५७ जना मतदान अधिकृत, एक सय ५७ जना सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी गरी एक हजार दुई सय ४६ जना कर्मचारी परिचालन गरिएको छ । 

जिल्लामा प्रतिनिधिसभातर्फ १२ जना, प्रदेश (१) मा सात जना र प्रदेश (२) मा छ जना गरी २५ जनाको उम्मेदवारी छ । भोजपुरमा ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ जना महिला र एक जना अन्य गरी कुल एक लाख २३ हजार तीनसय ७९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख तोपलाल भुसालले जानकारी दिए ।



नयाँ