arrow

खशोग्गी हत्या प्रकरण: साउदीका राजकुमारलाई अमेरिकाले दियो उन्मुक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
jamal-khassogi-biden-salmann-saudi.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाले साउदी अरेबियाका डिफेक्टो लिडर क्राउन प्रिन्स मोहम्मद बिन सलमानले हत्या गरिएका पत्रकार जमाल खशोग्गीकी मंगेतरले दायर गरेको मुद्दाबाट उन्मुक्ति पाएको घोषणा गरेको छ।

साउदीका प्रख्यात आलोचक पत्रकार जमाल खशोग्गीको सन् २०१८ को अक्टोबरमा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो। अमेरिकी गुप्तचरले साउदीका राजकुमार मोहम्मद बिन सलमानले पत्रकार खशोग्गीको हत्याका लागि आदेश दिएको बताएको थियो ।

अमेरिका आफैंले समेत साउदी राजकुरमाको आलोचना गरेको थियो । तर अहिले अदालत फाइलिङमा अमेरिकी विदेश मन्त्रालयले साउदी प्रधानमन्त्रीको रूपमा उनको नयाँ भूमिकाका कारण सलमान उन्मुक्त भएको घोषणा गरेको हो ।

अमेरिकाको यो विवादास्पद निर्णयसँगै पत्रकार खशोग्गीकी पूर्व मंगेतर ह्याटिस सेन्गिजले ट्वीटरमा,'जमालको आज फेरि मरे,' भन्दै ट्विट गरेकी छन् ।

ह्याटिस सेन्गिज र खशोग्गीद्वारा स्थापित मानव अधिकार समूह डेमोक्रेसी फर द अरब वर्ल्ड नाउ (डन) ले साउदीका युवराजसँग आफ्नो मंगेतर एवं पत्रकार खशोग्गीको हत्याको लागि अमेरिकामा अस्पष्ट क्षतिपूर्तिको माग गर्दै आएकी थिइन्।

उजुरीमा साउदी नेता र उनका अधिकारीहरूले 'अपहरण गरेर, बाँधेर, लागूपदार्थ खुवाएर यातना दिएर अमेरिकामा बस्ने पत्रकार तथा प्रजातन्त्र पक्षधर जमाल खशोग्गीको हत्या' गरेको उल्लेख छ ।

राजकुमार मोहम्मदलाई उनका बुबा राजा सलमान बिन अब्दुलअजीज अल साउदले २०१७ मा युवराज घोषणा गरेका थिए भने, ३७ वर्षीय सलमानलाई यस वर्षको सेप्टेम्बरमा साउदीको प्रधानमन्त्रीको भूमिका सुम्पिएको थियो।

उनले खशोग्गीको हत्यामा कुनै पनि भूमिका नभएको बताएका छन् ।

न्याय मन्त्रालयका वकिलहरूलाई उदृधत गर्दै रोयटर्सले उल्लेख गरेको छ, 'विदेशी सरकारको वर्तमान प्रमुखको रूपमा युवराजले त्यस कार्यालयको परिणाम स्वरूप अमेरिकी अदालतको क्षेत्राधिकारबाट राज्य प्रमुखका रुपमा उन्मुक्तिको आनन्द लिन्छन् ।'

'राज्य उन्मुक्तिको प्रमुखको सिद्धान्त परम्परागत अन्तर्राष्ट्रिय कानूनमा राम्रोसँग स्थापित छ,' न्याय विभागका वकिलहरूले भनेका छन्। तर बाइडेन प्रशासनले यो निर्णय निर्दोषताको संकल्प होइन भनेर आफ्नो बचाउ गर्न खोजेको छ ।

खशोग्गीको हत्याले विश्वभर हंगमा मच्चाएको थियो । यसले अमेरिका र साउदीबीचको सम्बन्धमा ठूलो गिरावट ल्याएको थियो ।

अहिलेका अमेरिकी राष्ट्रपति यी नै जो बाइडेनले २०१९ मा राष्ट्रपतीय निर्वाचनको प्रचार गर्दा साउदी अरेबियालाई 'प्यारिया' बनाउने भनेका थिए । तर, पहिलो पटक राष्ट्रपति हुँदा मोहम्मद बिन सलमानसँग कुरासमेत नगरेका बाइडेनले गत जुलाईमा साउदी अरेबिया नै गएर सम्बन्ध स्थापीत गर्न खोजेका थिए ।

बाइडेनको यो भ्रमणको समेत चर्काे आलोचना भएको थियो । अहिले सलमानले उन्मुक्ति नै पाएपछि यो बिषयको झनै चर्चामा हुन थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ