arrow

ईश्वर पोखरेललाई भोट माग्न पैसा बाँड्दै गर्दा एमाले प्रदेश उम्मेदवारसहित तीन नेता पक्राउ [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
arrest-ishwor-pokharel.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ का नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलका कार्यकर्ताहरुसँगै एमाले उम्मेदवार पैसा बाँड्दै गर्दा पक्राउ परेका छन् । 

क्षेत्र नम्बर ५ ख का प्रदेश उम्मेदवार दीपक निरौला, बुढानीलकण्ठ नगरपालिका ६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पैसा बाँड्दै गर्दा पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका ६ की कर्मचारी बुद्धलक्ष्मी तामाङको घरबाट पक्राउ गरेको हो । 

उनीहरुलाई प्रहरीले पक्राउ गरी नारायणथान प्रहरी चौकीमा राखेको छ । शुक्रबार मध्यरात १२ बजेदेखि मौन अवधि शुरु भइरहेको अवस्थामा ईश्वर पोखरेलका मान्छेहरु मत किन्दै हिँडेका हुन् । 

उनीहरुलाई त्यहाँबाट केही बेरमै महाराजगञ्ज प्रहरी वृत्तमा ल्याउँदै गरिएको बताइएको छ । निर्वाचन अधिकृतलाईसमेत खबर गरेको बताइएको छ । 

स्थानीयले पैसा बाँड्दै गरेको खबर पाएपछि उक्त घरमा घेरा हालेका थिए । सोही क्रममा पैसा नै दिएको भिडियोसमेत खिचिएको भए पनि उक्त क्यामेरा भने उनीहरुले फुटाइदिएको राजेन्द्र महर्जनले बताए । 

प्रहरीले निरौलाको गाडीसमेत नियन्त्रणमा लिएर महाराजगञ्ज प्रहरी वृत्तमा राखेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ