arrow

मतदाताले पासपोर्ट, लालपुर्जा र लाइसेन्स देखाएरसमेत मतदान गर्न पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ३ शनिबार
election-commission-election-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ । 

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाटसमेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो । 

यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति चाहिने आयोगले उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ