arrow

कान्छी छोरीसँग मिसाइल परीक्षणमा किम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
kim-daughter.jpg

सोल । उत्तरकोरियाले पछिल्लो समय क्षेप्यास्त्र परीक्षणलाई तीव्र गतिमा अघि बढाइ रहेको छ । यसैवीच  नेता किम जोङ-उन आफ्नी कान्छी छोरीसँग पहिलो पटक अन्तरमहादेशीय ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपणको क्रममा देखापरेकी छन् । 

 विश्वको सबैभन्दा गोप्य राज्यको नेतृत्व गर्ने नेता किमको व्यक्तिगत जीवन  बारेमा धेरै कम थाहा भएका बेला सार्वजनिक भएको बाबुछोरीको तस्बिर अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरूमा व्यापक भएको छ । 

सेतो कोट लगाएकी आफ्नी छोरी किम चु-एको हात समाएर शुक्रबार उनी अन्तरमहादेशीय ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपणको निरीक्षणमा सहभागी भएको तस्बिर प्योङयाङले शनिबार सार्वजनिक गरेपछि क्षेप्यास्त्र परीक्षणलाई तीव्र गतिमा अघि बढाइएका लामो समयदेखि चलिरहेका अफवाहको पुष्टि भएको हो । 

संयुक्त राज्य अमेरिकासम्म प्रहार गर्ने क्षमता भएको देशको सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिएको स्थलमा नेता किम श्रीमती, छोरी र वरिष्ठ अधिकारीका साथ उपस्थिति भएको उत्तरकोरियाको आधिकारिक समाचार संस्था केसिएनएले जनाएको छ । उक्त क्षेप्यास्त्र अमेरिकाका जुनसुकै स्थानमा प्रहार गर्न सक्षम रहेको दाबी गरिएको छ । 

नेता किमले शुक्रबार परीक्षण गरिएको उक्त क्षेप्यास्त्र अमेरिकी सैन्य धम्कीलाई नियन्त्रण गर्ने भरपर्दो एवम् अधिकतम क्षमता भएको हतियार भएकामा त्यसप्रति गर्व गरेका छन् । क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाले पनि सुपरसोनिक बमवर्षक विमान उडाएर शक्ति प्रर्दशन गरेको छ ।

यसैबीच, दक्षिणकोरियाली सञ्चारमाध्यमहरूले ३८ वर्षीय नेता किमका तीन सन्तान रहेका जनाएका छन् । उनीहरूको जन्म क्रमशः सन् २०१०, २०१३ र २०१७ भएको थियो । 

यसअघि उत्तरकोरियाले रूसलाई कहिल्यै हातहतियार आपूर्ति नगरेको स्पष्ट गर्दै त्यससम्बन्धमा भ्रामक हल्ला गरेकामा अमेरिकाको कडा शब्दमा निन्दा गरेको थियो ।

 राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीको अभिव्यक्तिको खण्डन गर्दै प्योङयाङले वासिङटनको निन्दा गरेको थियो । प्रवक्ता किर्बीको भनाइ अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तरकोरियाको छवि धमिलो पार्ने अमेरिकाको शत्रुतापूर्ण प्रयास भएको आरोप उसले लगाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ