arrow

मतदान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-start.jpg

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान शुरु भएको छ । आज बिहान ७ देखि शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ । 

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । 
 
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ