arrow

राति ८ बजेदेखि मतगणना शुरु हुने, ७० प्रतिशत बढी मत खस्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
dinesh-kumar-thapaliya-voting-2079.jpg

काठमाडौं । बिहान ७ बजेदेखि शुरु भएको आम निर्वाचनको मतदान साँझ ५ बजेसम्म हुँदैछ । मुलुकका हिमाली भेगमा भने चिसोका कारण ढिला गरी मतदान शुरु भएको छ । मतदान सकिएपछि राति ८ बजेदेखि नै गणना हुने भएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राति ८ बजेतिर मतगणना शुरु हुने बताएका हुन् । भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका निर्वाचन अधिकृतहरूलाई आग्रहसमेत गरेका छन् । 

उनले मतदान गर्न एक जनालाई करिब २ मिनेट समय लाग्नेसमेत बताएका छन् । थपलियाले मतदान केन्द्रहरू अपांगतामैत्री बनाइएको जानकारीसमेत दिएका छन् । तर धेरै जसो मतदान केन्द्रमा अपांगता मैत्री नभएको भनी गुनासोसमेत आएको छ । 

थपलियाले यस पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ