arrow

कास्कीमा विद्या, दामोदर र खगराजले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
bidhya, damodar, khagraj.jpg

पोखरा । कास्की क्षेत्र नं. २ का नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् । 

उनले पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीस्थित शान्ति उदय मावि मतदान केन्द्रमा बिहान ७ बजे उनले मतदान गरेकी हुन् ।

उनी अघिल्लो उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित भएकी थिइन् । कास्की-२ मा उनीसहित १७ उम्मेदवार प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् भने नेपाली कांग्रेसका नेता महादेव गुरुङ स्वतन्त्र उम्मेदवार छन् ।

यसै गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवम् कास्की क्षेत्र नं. ३ का उम्मेदवार दामोदर पौडेल बैरागीले मतदान गरेका छन् । उनले आइतबार बिहानै कास्कीको झोवाङ्गस्थित शितला माविको केन्द्रबाट मतदान गरेका हुन् ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवम् कास्की क्षेत्र नं. १ (क) का उम्मेदवार खगराज अधिकारीले मतदान गरेका छन् ।

उनले आइतबार बिहानै पोखरा महानगरपालिका वडा नं. ३१ बेगनासस्थित आनन्द ज्योति माविको केन्द्रबाट मतदान गरेका हुन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका अधिकारीलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदारका रूपमा हेरिएको छ ।

उनी अघिल्लो निर्वाचनमा कास्की-१ बाट सङ्घीय सांसदमा निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ