arrow

मन्त्री विन्दुकुमार थापाले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
bindu kumar thapa.jpg

पोखरा । नेपाली कांग्रेसका नेता विन्दुकुमार थापाले मतदान गरेका छन् । 

कास्की क्षेत्र नं. २ (ख) का उम्मेदवारसमेत रहेका थापाले आज बिहान पोखरा महानगरपालिका वडा नं. ८ सिमलचौरस्थित राम आधारभूत विद्यालयको केन्द्रबाट मतदान गरेका हुन् ।

उनी गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री पनि हुन् । उनलाई गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । 

अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार राजकाजी गुरुङलाई पराजित गरेका थापा विरुद्ध अहिले नेकपा एमालेकी मीना गुरुङ, राप्रपा नेपालका अरुण गिरी प्रतिस्पर्धामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ