arrow

शेखर कोइरालाले गरे मतदान

लालबाबुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको मतदानस्थलमा गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
shekhar-koirala-vote-2079.jpg
फाइल तस्बिर

मोरङ ।  मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा आज बिहान मतदान गरेका छन् ।
    
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइरालाले सो विद्यालयको ‘ख’ केन्द्रबाट उनले मतदान गरेका हुन् । 
    
यसैगरी मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभाका उम्मेदवार लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको मतदानस्थलमा मतदान गरे ।
    
एमालेका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले विराटनगर–५ कोचाखालस्थित श्री आधारभूत विद्यालयमा मतदान गरे । मोरङ क्षेत्र नं ४ ‘ख’बाट प्रदेशसभाका उम्मेदवार जीवन घिमिरेले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ