arrow

उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री बडूले दार्चुलामा गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
mantri-dilendra-badu-matdan-gardai.jpg

दार्चुला । दार्चुलामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि उत्साहजनक रूपमा मतदान बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने गरी मतदान जारी रहेको छ।

दार्चुलाबाट गठबन्धनका लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले पनि मतदान गरेका छन् ।

मन्त्री बडूले विहान ९ बजेको समयमा मतदान गरेका हुन्। 

दार्चुला सदरमुकाम खलंगास्थित अपिनाम्पा संरक्षण क्षेत्र परिसरको मतदान केन्द्रमा मन्त्री बडूले मतदान गरेका हुन् । 

मन्त्री बडूको घर भने, महाकाली नगरपालिका वडा नम्बर ५ को नमस्कार भन्ने ठाउँ हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ