- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि शुरु भएको हो ।
यसैक्रममा अर्थमन्त्री जनार्दन शर्माले आज बिहान ७ बजे यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका-५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुमपश्चिममा उम्मेदवार छन् ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका-८ जौबारीको परोपकार आर्दश मावि क मतदान गरे । सोही पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले रोल्पा नगरपालिका लिवाङ-१ को वामरुपकस्थित तारा मावि रोल्पामा आज बिहान ७:३० मा मतदान गरे ।
सोही पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ स्थित बागेश्वर आधारभूत विद्यालयमा मतदान गरेका छन् । सोही पार्टीका उपमहासचिव वर्षमान पुनले रोल्पा नगरपालिका-७ स्थित बालउदय मावि माडीचौर मतदान केन्द्रमा मतदान गरे । उनी रोल्पाबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।