arrow

सिराहामा चल्यो गोली 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-2079-final1.jpg

सिराहा । सिराहा कर्जनाहा ६ को जनता माविको बुथमा गोली प्रहार भएको छ । जसपा र लोसपाका मतदाताबीच मत तानातान भएपछि प्रहरीले हवाइ फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ । 

कसले पहिले मतदान गर्ने भन्ने विषयमा मत बाझिएपछि मत तानातान भएको हो । दुवै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो । स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए ।

मतपेटिका तानातानले केहीबेर तनाव भए पनि अहिले भने मतदान सुचारु भएको छ ।

उनले जिल्लाका अन्य क्षेत्रमा भने कुनै घटना नभएको बताएका छन् । हिजोमात्रै पनि सिराहाका केही ठाउँमा मौन अवधि तोडेको भन्दै झडप भएको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ