arrow

दाङ ३ का उम्मेदवार दीपक गिरीले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
deepak3.jpg

नेपालगन्ज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्नका लागि आइतबार  बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । दाङमा पनि मतदान सुरु भएको छ । दाङ क्षेत्र नम्बर ३ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले मतदान गरेका छन् । उनले आफ्नो मतदाता नामावली रहेको दंगीशरण गाउँपालिका वडा नम्बर ४ स्थित बैबाङ बुथ केन्द्रमा मतदान गरेका हुन् । साँझ ५ बजेसम्म मतदान चल्नेछ । 

प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट चुनिने जनप्रतिनिधिहरुले मुख्यरुपमा सरकार निर्माण गर्ने र कानुन बनाउने काम गर्नेछन् । प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी भने समानुपातिक पद्धती अन्तर्गत दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् । प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन् ।

प्रतिनिधिससभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ