arrow

म्याग्दीमा १०७ वर्षे वृद्धले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
jasami.jpg

म्याग्दी । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन‍् । 

मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए । 

म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधि सभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ