arrow

सबैभन्दा बढी ११३ वर्षीया मानमती भट्टले गरिन् मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
manamatidevi-bhatta-113years-vote-2079.jpg

बैतडी । बैतडीको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा पाटन–४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट खसालेकी हुन् ।

अब आउने नयाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनले सुनाइन् । ‘मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम नजिकैबाट देखेकी छु । अब देशमा स्थायित्व होस्, गरिबका दिन पनि आउन भन्ने चाहेकी छु,’ उनले भनिन् । 

जनताको दुःख बुझ्न सक्ने नेत्तृत्व चुनियोस् भन्ने चाहेको उनले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ