arrow

एमालेका पाण्डे, महासेठ, भट्ट र तामाङले हाले भोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
surendra-raghubir.jpg

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ जारी छ । विपक्षीमा रहेको नेकपा एमालेका नेताहरूले धमाधम मतदान गरिरहेका छन् ।  

नेकपा एमालेका उपाध्यक्ष तथा चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे राप्ती नगरपालिका ५ स्थित भण्डारा मावी केन्द्रबाट मतदान गरेका छन् । 

एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले जनकपुरधाम उपमहानगरपालिका–९ मा रहेको सहृदय  पुस्तकालयमा मतदान गरेका छन् । 

पूर्वमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्ट कैलालीको क्षेत्र नं ४ मा मतदान गरेका छन् । 

एमालेका उम्मेदवार शेरबहादुर तामाङ मेलम्ची ११ को जागेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ