arrow

किरिया बसेका चार दाजुभाइले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-2079-final1.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी  नगरपालिका ४ मा  किरियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानबहादुर श्रेष्ठ, पूर्णप्रसाद श्रेष्ठ र उनीहरुका श्रीमतीले मतदान गरेका हुन् । 

उनीहरुले कालिकादेवी मावि मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई भोट दिएका छन् । उनीहरु तीन दिनदेखि आमाको मृत्यको शोकमा किरिया बसिरहेका छन् ।   

जीवनको सबैभन्दा दुःखद क्षणमा पनि मतदान गर्नका लागि मतदानस्थल पुगेका उनिहरुले आफ्नो मतले आगमी पाचँ वर्षका लागि देशको भविष्य निर्धारण गर्ने  बताएका छन् । मतदान भनेको यो युगको जिम्मेवारी भएकोले मतदान गरेर उत्साहित भएको उनीहरुको भनाइ थियो । 

आफ्नो परम्पराअनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाईएको थियो । सिन्धुपाल्चोकको एक सय ४५ मतदानस्थलहरुमा ३ सय २० मतदान केन्द्रमै उत्साहजनक रूपमा बिहान ७ बजेदेखिनै मतदान भइरहेको छ ।

धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । जिल्लामा शान्त र सामान्य रुपमा मतदान भईरहेको छ । सुरक्षा व्यवस्थापन कडा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ