arrow

चुनावमा सुनसान काठमाडौं [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-ktm7.jpg

काठमाडौं । आज देशभर प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन भइरहेका बेला काठमाडौैंका सडकहरु सुनसान देखिएका छन् ।

काठमाडौं उपत्यकामा आज अत्यावश्यक बाहेकका सवारी साधनहरु चल्नमा रोक लगाइएको छ ।

यस्तै चुनावको अवसरमा सार्वजनिक बिदासमेत रहेका कारण पनि काठमाडौंका सडकहरु सुनसान देखिएका हुन् ।

उपत्यकालगायत देशभरका मतदान केन्द्रहरुमा भने मतदाताहरुको भरिभराउका साथ मतदान जारी रहेको छ ।

यद्यपि काठमाडौं उपत्यकामा अनुमति बाहेक सञ्चालनमा आएका दर्जनाैं  दुईपांग्रे र केही चार पांग्रे सवारी साधनहरु कारबाहीमासमेत परेका छन् ।

देशभर आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान कार्यक्रम जारी रहेको छ ।

पुतलीसडकस्थित खाली सडकको बीचमा हिँड्दै दुई युवक

देशका केही मतदान स्थलमा भने तनावका कारण मतदानमा ढिलाइ भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ