arrow

उत्साह र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेकोछ : पूर्वप्रमुख आयुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election 2079.jpg

काठमाडौं । प्रतिनिधिभा र प्रदेशसभा सदस्यका लागि आज भइरहेको मतदान उत्साह, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा भइरहेको छ ।
  
आमनिर्वाचन पर्यवेक्षण समितिका तर्फबाट निर्वाचन पर्यवेक्षणमा रहेका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले व्यवस्थित र शान्तिपूर्ण ढङ्गबाट मतदान भइरहेको पाइएको बताए ।
 
सप्तरी जिल्लामा निर्वाचनको पर्यवेक्षणमा रहनुभएका अर्का पूर्वप्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले उत्साहित र व्यवस्थितरुपमा पङक्तिबद्ध भएर मतदाता मतदानको अधिकार प्रयोग गरिरहेको प्रतिक्रिया दिए ।
 
 पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले  बिहान सबेरैदेखि मतदाता लाइनमा बसेर मतदानमा भाग लिइरहनुभएको बताए । उनले भने, “शान्त वातावरणमा मतदान सञ्चालन भइरहेको छ, मतदाता उत्साहित छन्, कतिपय मतदानस्थलमा मतदाता बिहान सबेरैदेखि मतदानका लागि लाइनमा बसेको देखिन्थ्यो ।” 

 चिसो मौसमका कारण कतिपय मतदानस्थलमा बिहान ८ बजेदेखि मात्रै मतदाताको उपस्थिति बाग्लो भएको देखियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ