arrow

साँझ ५ बजेअघि मतदान स्थगित गर्न नमिल्ने, गर्नै परे निर्वाचन आयोगको सहमति लिन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । देशभरका विभिन्न मतदान केन्द्रमा विवादका कारण केही समयका लागि मतदान कार्यक्रम स्थगित भएका घटनाहरू आइरहेका छन् । यसबीच निर्वाचन आयोगले विवादका कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्न निर्देशन दिएको छ ।

मतदानलाई दरिलो बनाउने उद्देश्यले आयोगले देशभरका सबै मतदान अधिकृतहरूलाई साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न समेत निर्देशन दिएको छ ।

यहाँसम्मकी ५ बजेभन्दा अघि मतदान स्थगित गर्नै परेमा निर्वाचन आयोगको पूर्व सहमति लिनसमेत आयोगले निर्देशन दिएको छ । 

आयोगले सामाजिक सञ्जाल फेसबुकमा सूचना अथवा निर्देशन जारी गर्दै भनेको छ, 'मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्व सहमति लिनु पर्नेछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ