arrow

नामावलीमा नाम नभेटिए ११०२ मा फोन गर्न आयोगको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-commission-nepal.jpg

काठमाडौं । निर्वाचन आयोगले मतदान गर्ने प्रयोजनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न आग्रह गरेको छ ।

आयोगले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै भनेको छ,'मतदान गर्ने प्रयोजनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल Call Center को निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिनेछ। #NepalVotes2022 #ECN'

आज (आइतबार) देशभर प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म चल्ने छ ।

केही मतदान केन्द्रमा भने विवादका कारण मतदान प्रक्रिया ढिलासुस्ती भएको छ । यसबीच निर्वाचन आयोगले ५ बजेभन्दा अघि मतदान स्थगीत नगर्न र गर्नै परे आयोगको पूर्व सहमति लिन समेत आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ