arrow

झापाका उम्मेदवार ओलीले भक्तपुरको बालकोटमा गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
kp-sharma-oli-election.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । 

झापा-५बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका एमाले अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदान गरेपछि ओलीले मङ्सिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् । नयाँ दलहरू राष्ट्रिय दल बन्ने आफुले नदेखेको भन्दै ओलीले भनेका छन्, ‘मङ्सिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ । हामी बहुमत ल्याउँछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ