arrow

मतदान गर्दै बाबुरामले भने- राम्रा उम्मेदवारहरूले जितुन्, भष्मासुरको उदय नहोस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
baburam-bhattrai-election2079-vote.jpg

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा पानपा १ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट मतदान गरेका छन् । उनले आफ्नो मताधिकार प्रयोग गरिएको बताउँदै राम्रा उम्मेदवारहरूले जितुन् भन्ने कामना समेत गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भष्मासुर प्रवृत्तिको उदय नहोस् र सुशासन र समतामूलक समृद्धिको नयाँ युग शुरु होस् भन्दै ट्विट गरेका छन् ।

डा. भट्टराईले मतदानपछि ट्विटरमा फोटोसहितको ट्विट सेयर गर्दै लेखेका छन्,'गोरखा पानपा-१ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरियो। राम्रा उम्मेदवारहरूले जितुन्; सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेड छाड नहोस्; भष्मासुर प्रवृत्तिको उदय नहोस्; सुशासन र समतामूलक समृद्धिको नयाँ युग शुरू होस्।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ