arrow
ADVERTISEMENT

सिन्धुपाल्चोकमा १ बजेसम्म ३५ प्रतिशत मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-2079-final1.jpg

सिन्धुपाल्चोक । आज जारी मतदानका क्रममा जिल्लामा अपराह्न १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ । 

प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ ।

जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताए । ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो । 

दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ