arrow

जनताका पक्षमा मतदान गर्न बिजुक्छेंको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
narayanman-bijukchhe.jpeg

भादगाउँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले जनताका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रह गरेका छन् । 

भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठाको मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो आग्रह गरेका हुन् । 

अध्यक्ष बिजुक्छेंले निर्वाचनका लागि हाल गरिएका दुवै गठबन्धन सत्ता स्वार्थका लागि गरिएको आरोप पनि लगाए । 

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमालेसहित राप्रपाको गठबन्धन एउटै सिक्काका दुई वटा पाटा भएको पनि उनको टिप्पणी थियो । भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ