दोलखाका दुई स्थानमा मतदान रोकियो, १३ राउन्ड हवाई फायर
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
592
Shares
दोलखा । दोलखाका दुई स्थानमा मतदान रोकिएको छ । जिल्लाको तामाकोसी गाउँपालिका ३ जफे स्थित कालापानी माध्यामिक विद्यालय भवन, वैत्येश्वर गाउँपालिका २ पुतलीकाठ मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिए ।
दुवै स्थानमा मतदान कार्य सुचारु गर्ने प्रयास भइरहेको उनले बताए । जिल्लाका प्रहरी प्रमुख डीएसपी गंगा पौडेलले जिल्ला भर १३ राउन्ड हवाई फायर गरिएको र मतदान केन्द्रहरु प्रहरीको नियन्त्रणमा रहेको सुनाए ।
जिल्लाका मालु, भेड्पु लगायतका स्थानमा बिहान रोकिएको मतदान मध्यान्हपछि सुचारु भईसकको छ ।