arrow

बौद्धस्थित मतदान केन्द्रमा चिनियाँ अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
chinese-authoriy-in-polling-booth.jpg

काठमाडौं । काठमाडौंको बौद्ध स्थित एक मतदान केन्द्रमा दूतावासको गाडीमा एक चिनियाँ अधिकारी प्रवेश गरेको पाइएको छ ।

आइतबार बिहान बौद्धस्थित फूलबारी स्कुल मतदान केन्द्रमा दूतावासको गाडीमा ती चिनियाँ अधिकारी र एक नेपाली कर्मचारीसहित प्रवेश गरेका हुन् ।

नेपाली नागरिकता बोकेका अधिकांश तिब्बती तथा बौद्ध समुदायले मतदान गर्ने यस केन्द्रमा चिनियाँ अधिकारी प्रवेश गर्नुले अनेकौँ आशङ्का उब्जाएको छ ।

महत्त्वपूर्ण बुथका रूपमा रहेको यस मतदान केन्द्रमा चिनियाँ अधिकारी प्रवेश गरेको विषयलाई लिएर कतिपयले यसको आलोचना एवं अनेकौँ टिप्पणी गर्न थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ