arrow

भोज खाएर बसेका कार्यकर्ताले बाटो छेकेर कुटे मतदाता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election 2079.jpg

रामेछाप । रामेछापमा मतदान गरी घर फर्कँदै गरेका मतदातामाथि कुटपिट भएको छ । 

पार्टीको भोज खाएर बसेकाका कार्यकर्ताको कुटाइ खाएर तीन जना गम्भीर भएका छन् । डुम्रिखर्कमा बाटो छेकेर सुवेदी दाजुभाइलाई कार्यकर्ताले कुटपिट गरेका हुन् । 

कुटपिटबाट देविलाल सुवेदी, गोविन्द सुवेदी र दिलनाथ सुवेदी घाइते भएका छन् । सोमध्ये देविलाल सुवेदीको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लग्नुपर्ने भएको छ । घटना पछि कुटपिटमा संलग्नको खोजी भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ