arrow

मकवानपुरमा ४२ प्रतिशत मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-commission-makwanpur.jpg

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ र २ मा दिउँसो ३ बजेसम्ममा ४२ प्रतिशत मत खसेको छ। जिल्लामा बिहान ७ बजेदेखि हालसम्म १ लाख २५ हजार ४११ जनाले मतदान गरेका छन् । जसमध्ये ६५ हजार ५४७ जना पुरुष र ५९ हजार ८६४ जना महिला रहेका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार, जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिका गरी ३६४ वटै मतदान केन्द्रमा अहिले मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट सञ्चालन भइरहेको छ ।

जिल्लामा ३ लाख ७३३ मतदाता रहेका छन् । जसमध्ये क्षेत्र नम्बर १ (क) मा ७७ हजार ९८९ (ख) ७२ हजार १६६ मतदाता र क्षेत्र नम्बर २ (क) मा ८३ हजार ०९९ र (ख) मा ६७ हजार ४ सय ७९ जना रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ