arrow

सिटौला र लिङ्देनले एकअर्कालाई दिए जीतको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
sitoula-rajendra.jpg

झापा । नेपाली कांग्रेसका नेता कष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक अर्कालाई जीतको शुभकामना दिएका छन् । 

मतदान केन्द्र अवलोकनका क्रममा हल्दिबारी गाउँपालिका–१ गोल्धापस्थित मतदान केन्द्रमा पुगेका सिटौला र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेट भएपछि एकले अर्कालाई जीतको शुभकामना दिएका हुन् । 

कांग्रेस नेता सिटौला र राप्रपा अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । 

नेता सिटौलाले झापाको क्षेत्र नं १ को भद्रपुर नगरपालिका–१० स्थित कलवलगुढी आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ