arrow

रसुवामा ६४ प्रतिशत मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
Rasuwa-hamrakura.jpg.jpeg

रसुवा ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३:३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ । 

प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३:३० बजेसम्म  कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए । 

उनले मतदान शान्तिपूर्णरुपमा भइरहेको बताए । रसुवामा  ३४ मतदानस्थलमा ५४ वटा मतदान केन्द्र छन् ।  

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा सदस्यका लागि सात वटा राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार  प्रतिस्पर्धामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ