arrow

निर्वाचनको खटिएको सेनाको सवारीमा ठोक्किँदा खत्रीको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-commission-locla-gov.jpg

झापा । निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आज बिहान शिवसताक्षी नगरपालिका-११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाएको बा १ झ १०११ नम्बरको सवारी र प्रदेश १-०१-०१२ प ३८५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइलमा सवार व्यक्तिको मृत्यु भएको हो । 

मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार खत्री नेपाली सेनाले चलाएको सवारीमा ठोक्किँदा गम्भीर घाइते भएको र उपचारका क्रममा मेची अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक जवेगूले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ