arrow

१५ मतदान केन्द्रको मतदान रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-commission-election-2079.jpg

काठमाडौं । आइतबार भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन देशका केही मतदान केन्द्रम तनाव एवं विवादका कारण रोकिएको छ । निर्वाचन आयोगले करिब ४ बजेतिर दिएको जानकारी अनुसार देशभरका १५ मतदान केन्द्रको मतदान कार्य रोकिएको छ ।

रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको आयोगले जनाएको छ ।

यस बाहेक आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । देशका केही मतदान केन्द्रमा मत हाल्न पाउने समय ७ बजेसम्म थपिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ