arrow

भुजौलीको मतदानस्थलमा विवाद हुँदा एक जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-2079-jhadap-siddhartha-.jpg

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर ११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका–११ को भुजौली प्राविमा रहेको मतदान हुँदै गर्दा स्थानीयबीच विवाद सृजना भएको थियो । 

सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो ।

कुटपिटबाट टाउको चोट लागेकोपछि तबरेजको भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेको छ ।

विवादको कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेको थिए । उनलाई नै हटाइएपछि अवस्था समान्य भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ